कृष्णनगर घटनाका मुख्य आरोपी साह पक्राउ

बुटवल– कपिलवस्तुको कृष्णनगर घटनाका मुख्य आरोपी जमाल साहलाई प्रहरीले पक्राउ गरेको छ। साहलाई कृष्णनगरस्थित उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लक्ष्मीपूजाको मूर्ति विसर्जनको क्रममा कृष्णनगरमा दुई समुहबीच विवाद गराउन उनको मूख्य भूमिका रहेको आरोप लागेको छ।

विज्ञापन

दुई समूहबीच विवादले लिएको उग्र रुपका कारण स्थानीय प्रशासनले कृष्णनगर क्षेत्रमा कर्फ्यू लगाएको थियो। कर्फ्यूका क्रममा गोली लागेर कृष्णनगरमा पसल चलाउँदै आएका सुरज कुमार पाण्डेको ज्यान गएको थियो।

पक्राउ परेका साहलाई कृष्णनगरबाट जिल्ला सदरमुकाम तौलिहवा ल्याइदै गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

शाहले विवाद सिर्जना गरेको भन्दै कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अभिषेकप्रताप शाहले पक्राउ गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई दिउँसो ज्ञापन पत्र बुझाएका थिए।

कार्तिक १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू