राष्ट्रपतिले दिइन् अस्ताउँदो सूर्यलाई अर्घ्य

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको मुख्य दिन शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन् । कमलपोखरी स्थित छठ घाटमा गएर राष्ट्रपति भण्डारीले शनिबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी हुन् ।

छठको मुख्य दिन शनिबार देशभरका नदी किनार, तलाउ तथा पोखरीहरुमा विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

विज्ञापन

राष्ट्रपति भण्डारीले जस्तै कमलपोखरीमा व्रतालुहरुले शनिबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व समापन हुन्छ ।

कार्तिक १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्