सोलुखुम्बुबाट गाेलीसहित विप्लव कार्यकर्ता पक्राउ

फाइल तस्बिर

सोलुखुम्बु – नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता सोलुखुम्बुबाट पक्राउ परेका छन् ।

चन्दा उठाउँदै गरेका ३७ वर्षका ङिमा शेर्पा पक्राउ परेको सोलुखुम्बु प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए।

विज्ञापन

शेर्पालाई शुक्रबार नै पक्राउ गरिएको र राति ११ बजेतिर सदरमुकाम ल्याइपुर्‍याइएको कार्कीले जानकारी दिएका छन्।

सोताङ गाउँपालिका–पावैको सल्लाघारीबाट पक्राउ परेका शेर्पा पूर्वमाओवादी लडाकु रहेका र अहिले विप्लव नेकपामा सक्रिय रहेको खुलेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिएका छन्। उनी सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ का स्थायी बासिन्दा हुन्।

प्रहरीले शेर्पाको साथबाट पेस्तोलमा लाग्ने गोली ५ थान, मोबाइल २ थान र ८ थान सिमकार्ड बरामद गरेको छ।

कार्तिक १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्