उदाउँदो सूर्यको पर्खाइमा कमलपोखरी

काठमाडौँ– केही वर्ष अघिसम्म छठ पर्व तराई–मधेशमा मात्रै सीमित थियो। समयक्रमसँगै छठ पर्व तराई–मधेशको सीमाना नाघेर राष्ट्रिय पर्व बनेको छ।

शनिबार छठ पर्वको मुख्य दिन हो। तराई–मधेश, काठमाडौँ उपत्यकाका साथै देशभरका विभिन्न नदी, तलाउ र पोखरीमा श्रद्धालु भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।

विज्ञापन

आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्वको विधिवत् समापन हुनेछ।

यस्तै छठपर्वलाई लक्षित गरेर काठमाडौँको कमलपोखरीलाई झकिझकाउ बनाइएको छ। झिलिमिली बत्तीले कमलपोखरीको दृष्यलाई मनमोहक बनाएको छ।

छठ पर्व मनाउनेहरुका लागि कमलपोखरी काठमाडौँ उपत्यकाको एक प्रमुख स्थान हो। कमलपोखरीमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आएर मानिसहरुले शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। उनीहरु आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिनेछन्।

वि.सं. २०७२ सालमा आएको भुइँचालोका कारण रानीपोखरीमा क्षति पुगेपछि कमलपोखरी श्रद्धालुहरुको प्रमुख पूजास्थल बनेको छ। रानीपोखरीको पुननिर्माण अझै पनि हुने सकेको छैन।

कार्तिक १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्