वरिष्ठ संस्कृतिकर्मी चेतन कार्कीको एकल कविता वाचन हुने

काठमाडौँ – वरिष्ठ संस्कृतिकर्मी तथा साहित्यकार चेतन कार्कीको एकल कविता वाचन हुने भएको छ।

वरिष्ठ चलचित्रकर्मी समेत रहेका कार्कीको ८२ औँ जन्मदिनको अवसर पारेर कात्तिक २२ गते शुक्रबार उनको एकल कविता वाचन हुने भएको हो ।

विज्ञापन

लायन्स क्लब अफ काठमाडौँ हिमचुलीको आयोजनामा कार्यक्रम हुन लागेको क्लबकी अध्यक्ष रुश्का श्रेष्ठले जानकारी दिइन् ।

चेतन कार्कीले नेपाली साहित्य, संस्कृति तथा चलचित्रका क्षेत्रमा दिएको योगदानको कदरका लागि आफूहरुले उनको जन्मदिन पारेर एकल कविता वाचन कार्यक्रम गर्न लागिएको उनले बताएकी छन्। कार्यक्रम खुशीबु ढल्काेमा रहेकाे नेपा बै‌ंक्वेटमा दिउँसाे १ बजे हुनेछ ।

कार्तिक १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्