पछि परेको म्यानचेस्टर सिटीको पुनरागमन र जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ।

घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले साउथह्याम्प्टनलाई २–१ ले पराजित गरेको हो । पहिलो हाफमा १–० ले पछि परे पनि सिटीले दोस्रो हाफमा पुनरागमन गरेको हो।

१३ औँ मिनेटमा जेम्स वार्ड–प्रावजको गोलबाट साउथह्याम्प्टनले अग्रता लिएको हो । पछि परेको सिटीका लागि ७० औँ मिनेटमा सर्जियो अग्युरोले बराबरी गोल फर्काए ।

८६ औँ मिनेटमा कायल वाकरले गोल गरेपछि सिटी विजयी भयो । जितपछि दोस्रो स्थानको सिटीको ११ खेलबाट २५ अंक भएको छ । ८ अंकसहित साउथह्याम्प्टन १८ औँ स्थानमा छ ।

कात्तिक १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्