१० सेकेण्डमै रातो कार्ड

म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर याया टुरेले १० सेकेण्डमै रातो कार्ड पाएका छन् । हाल चीनको क्लबबाट खेल्दै आएका टुरेले शनिबार भएको खेलमा १० सेकेण्डमै रातो कार्ड पाएका हुन् ।

उनले चिन्दाओ हुवाङ्गखाईबाट खेल्दै आएका छन् । सिजनको अन्तिम खेलमा शुक्रबार टुरेले भिएआर मार्फत १० सेकेण्डमै रातो कार्ड पाएका हुन् । नान्तोङ जियुनका खेलाडीलाई किक हानेका कारण उनले रातो कार्ड पाएका हुन् ।

गएको जुलाईमा चिनियाँ क्लबमा गएका उनको यो चीनमा अन्तिम खेल मानिएको छ । उनको क्लब सिजनको अन्तिम खेलमा २–१ ले पराजित भयो, तर उनको क्लबले एक अंकले लिग जित्दै चिनियाँ सुपर लिगमा बढुवा भइसकेको छ ।

कात्तिक १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्