जब लियोनार्डो डिक्याप्रियोले ग्रेतालाई भेटे

हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियो ग्रेता थुनबर्गबाट प्रभावित भएका छन्।

ओस्कार विजेता अभिनेताले जलवायु परिवर्तन विरुद्ध तत्काल एकीकृत प्रयासको पक्षमा वकालत गर्दै आएकी स्वीडेनकी १६ वर्षे किशोरी ग्रेतासँग हालै भेट गरेका हुन् । अभिनेता डिक्याप्रियोले इन्स्टाग्राममा ग्रेतासँगको तस्बिर पोस्ट गरेका छन् ।

विज्ञापन

उनले ग्रेताको सन्देश विश्वका नेताहरुलाई वेक–अप कल बन्ने आश रहेको उल्लेख गरेका छन् । निष्क्रियताको समय अब समाप्त भएको विश्वका नेताहरुले ग्रेताको सन्देशबाट बुझ्ने अपेक्षा रहेको डिक्याप्रियोले बताएका छन् ।

उनले ग्रेताको कामको प्रशंसा गरेका छन्, र उनको कर्मले गर्दा नै भविष्यप्रति आशवादी बनाएको उल्लेख गरेका छन् । डिक्याप्रियोले ग्रेतासँगको तस्बिर शुक्रबार पोस्ट गरेका हुन् । यो तस्बिर अहिलेसम्म ४१ लाख भन्दा बढीले लाइक गरेका छन् ।

ग्रेताले सुरु गरेको क्लाइमेट स्ट्राइक अहिले विश्वव्यापी अभियान बनेको छ र यसमा दशौँलाख बालबालिका, किशोर किशोरी, युवा युवती तथा सबै उमेर समूहका मानिस सामेल भएका छन् ।

ग्रेता अहिलेको समयको नेतृत्वकर्ता बनेको भन्दै डिक्याप्रियोले उनको सन्देश विश्वका सबै नेताहरुले सुन्नु पर्ने र जलवायु परिवर्तन विरुद्ध ठोस काम गर्नु पर्ने उल्लेख गरेका छन् । डिक्याप्रियो आफै पनि वातावरण संरक्षणकर्मी हुन् । उनले वातावरण संरक्षणका लागि वकालत तथा सहयोग गर्दै आएका छन् ।

 

View this post on Instagram

 

There are few times in human history where voices are amplified at such pivotal moments and in such transformational ways – but @GretaThunberg has become a leader of our time. History will judge us for what we do today to help guarantee that future generations can enjoy the same livable planet that we have so clearly taken for granted. I hope that Greta’s message is a wake-up call to world leaders everywhere that the time for inaction is over. It is because of Greta, and young activists everywhere that I am optimistic about what the future holds. It was an honor to spend time with Greta. She and I have made a commitment to support one another, in hopes of securing a brighter future for our planet. #FridaysforFuture #ClimateStrike @fridaysforfuture

A post shared by Leonardo DiCaprio (@leonardodicaprio) on

कार्तिक १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्