विवाह गर्दै ऋचा शर्मा, गरिन् ब्याचलर पार्टी

अभिनेत्री ऋचा शर्माले चाँडै विवाह गर्ने भएकी छन् । उनले बिहे पूर्व साथीहरुसँग ब्याचलर पार्टी गरेकी छन्। उनको ब्याचलर पार्टीमा केकी अधिकारी, प्रियंका कार्कीसहितका नायिकाहरुको उपस्थिति थियो ।

उनी केही वर्षयता राणा परिवारका युवासँगको प्रेममा छिन् र उनैसँग विवाह गर्न लागेको बताइएको छ । तर उनको विवाह कहिले हुने भन्ने खुलाइएको छैन ।

विज्ञापन

कार्तिक १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्