सुनकोशी नदीमा बस खस्यो कम्तिमा ७ जनाको मृत्यु

काठमाडौँ – दोलखाबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबहाक बस सिन्धुपाल्चोकको सुकुटे बिच नजिकै सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

विज्ञापन

‘६–७ जनाको मृत्यु भएको छ, हामी उद्धार गरिरहेको छौँ’ प्रहरीले भनेको छ ।

कार्तिक १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्