सुनकोशीमा ९ जनाको शव भेटियो, ४७ घाइते

काठमाडौँ – दोलखाबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुपाल्चोकको सुकुटे बीच नजिकै दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । दुर्घटनामा ४७ जना घाइते भएको र उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए ।

उनका अनुसार उद्धार कार्य जारी रहेकोले मृत्यु र घाइते हुनेहरुको संख्या बढ्न सक्छ । दुर्घटनास्थल भन्दा केही तल थप तीनजनाको शव भेटिएको जानकारी स्थानीय बासिन्दाले दिएकोले प्रहरी त्यसतर्फ जाँदै गरेको डीएसपी काफ्लेले बताए ।

विज्ञापन

अहिले दुर्घटनाग्रस्त बसलाई क्रेनको सहायताले नदीबाट बाहिर निकालिएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटे बीच नजिकै सुनकोशी नदीमा दुर्घटनाग्रस्त भएको हो।

कार्तिक १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्