बंगलादेश क्रिकेटबारे रोहितको टिप्पणी : अब हराउँछ भनौँ, स्तब्ध पार्छ होइन

नयाँ दिल्ली : भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान रोहित शर्माले बंगलादेश क्रिकेट परिपक्व भएको बताउँदै अब जो कोही टिमलाई पनि हराउन सक्ने क्षमता भएको टिप्पणी गरेका छन्।

‘ अब उसले जो कोहीलाई पनि हराउन सक्छ। कसैलाई हराएमा स्तब्ध बनायो नभनौँ’, रोहितले भने।

विज्ञापन

उनले अगाडि भनेका छन्- बंगलादेश निकै राम्रो टोली हो। पछिल्ला वर्षहरुमा, बंगलादेशले घरेलु मैदानमा मात्र होइन, बाहिर गएर पनि निकै राम्रो क्रिकेट खेलेको छ। हाम्रै हकमा भन्ने हो भने पनि उनिहरुले निकै दबाबमा राखेर खेलेका छन्। त्यसैले बंगलादेशलाई फरक तरिकाले हेर्नुपर्ने कुनै कारण देख्दिन।’

भारतले घरेलु मैदानमा बंगलादेशसँग टीट्वेन्टी र टेस्ट शृंखला खेल्दै छ।

प्रतिबन्धका कारण बंगलादेशका महत्वपुर्ण खेलाडी सकिब अल हसन यस भ्रमणमा छैनन्।

कार्तिक १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्