पोखरीमा डुबेर मोरङमा एक बालकको मृत्यु

साङ्केतिक तस्बिर

मोरङ– मोरङको कटहरी गाउँपालिकामा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाँउपालिका–२ का कृष्ण मण्डलका ४ वर्षीय छोरा काले मण्डलको पोखरीमा डुबेर मृत्यु भएको हो।

विज्ञापन

मण्डल धनपालथान गाँउपालिकास्थित फुपुको घरबाट नजिकैको माछा पोखरीमा डुबेका थिए।

डुबेर घाइते भएका मण्डलको उपचारका क्रममा कोशी अस्पताल मृत्यु भएको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ।

कार्तिक १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्