बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

फाइल तस्बिर।

धनगढी– बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा भे १ ख १७३२ नम्बरको बसले से ३ प ६३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

विज्ञापन

मोटरसाईकलमा सवार घोडाघोडी नगरपालिका–१० का रामबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ। पश्चिमबाट पूर्व जाँदै गरेको पिकनीकको बसले रोड क्रस गर्ने बेला मोटरसाइकलालई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्।

कार्तिक १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्