आन्दोलनरत विद्यार्थीको माग

‘नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि ज्यादति गर्ने जेल चलान हुनुपर्छ’

तस्बिरहरु: रविन आचार्य

काठमाडौँ– नेशनल मेडिकल कलेज वीरगञ्जमा निर्धारित शुल्क समायोजन नभएको भन्दै मुलुकभरका मेडिकल कलेजका विद्यार्थीले आन्दोलन चर्काएका छन्।

उक्त कलेजमा शुल्क समायोजनको आवाज उठाउँदा उल्टै विद्यार्थीमाथि ज्याजती गरेको उनीहरुको गुनासो छ।

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक एवंम महाराजगञ्ज मेडिकल कलेजका स्ववीयु सभापति डा.मिलन गैरेले आफूहरुको आन्दोलनले सफलता प्राप्न गरेरै छोड्ने बताए।

कलेज सञ्चालकले होस्टलका विद्यार्थीलाई बन्दी समेत बनाएपछि उनीहरु न्यायका लागि आइतबार सबै महाराजगञ्ज आइपुगेका हुन्।

यो अवस्थामा परीक्षा नगर्न र नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि ज्याजति गर्नेहरुलाई जेल चलान गर्नु पर्ने माग उठाएका छन्।

कात्तिक १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्