प्रदेश प्रमुख हटाउने सरकारको निर्णयप्रति प्रदेश ५ का प्रमुख झाको असन्तुष्टि

उमाकान्त झा

बुटवल– प्रदेश ५ का प्रमुख उमाकान्त झाले प्रदेश प्रमुखहरु हटाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिले ७ वटै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेपछि काठमाडौँमै रहेका प्रमुख झाले सरकारको निर्णय अप्रिय भएको बताए।

विज्ञापन

‘संविधानकै मर्मअनुसार काम गरिरहँदा सरकारले एकाएक यस्तो निर्णय गर्नु हुँदैनथ्यो’, उनले टेलिफोनमा भने, ‘सरकारले गरेको यो निर्णय अप्रिय छ, सरकारले यस्तो गर्नु हुँदैनथ्यो।’

उनले कुनै कारणविना हटाउनु उपयुक्त नभएको बताए। ‘यस्तो अवस्थामा हामीलाई पदमुक्त गरेर राम्रो भएन’, उनले भने,’यसबारे धेरै कुराभन्दा पनि यो निर्णय राम्रो भएन भन्ने मात्रै हो।’

कार्तिक १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्