उपनिर्वाचनका लागि दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

दाङ– दाङको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा निर्वाचन क्षेत्र २ मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीका लागि घोराहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।

नेपाल बार एशोसियशनको कार्यालयमा प्रदेशसभा सदस्यको निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दाङ जिल्ला अदालतका न्यायाधिस रितेन्द्र थापालाई दिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सहायक निर्वाचन अधिकृत अदालतका श्रेष्तेदार धनीप्रसाद चपाई रहेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी २० गते सर्वदलिय छलफल बोलाएको छ भने २१ गते मनोनयन दर्ताको मिति तोकिएको छ।

कात्तिक १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्