लेस्टर सिटी विजयी, पुग्यो तेस्रो स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटी विजयी भएको छ । अवे मैदानमा भएको खेलमा लेस्टर सिटीले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको हो ।

पहिलो हाफमा गोलरहित रहेको खेलको दोस्रो हाफमा लेस्टरले दुवै गोल गरेको हो । लेस्टरका लागि काग्लर सोयुन्चुले ५७ औँ तथा जेमी भर्डीले ८८ औँ मिनेटमा गोल गरेका हुन् ।

जितपछि लेस्टर सिटी ११ खेलबाट २३ अंकसहित तेस्रो स्थानमा पुगेको छ । गोल अन्तरका आधारमा चेल्सी समान २३ अंक नै भए पनि पछि परेको छ । १५ अंकसहित क्रिष्टल प्यालेस भने नवौँ स्थानमा छ ।

कात्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्