बार्सिलोना र रियल मड्रिडलाई रियल सोसिडाडले दियो टक्कर

रियल सोसिडाडले बार्सिलोना र रियल मड्रिडसँग बराबरी गरेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको होडमा रहेको ग्रानाडालाई २–१ ले पराजित गर्दै रियल सोसिडाड शीर्ष स्थानको होडमा पुगेको हो ।

शनिबार राति भएको खेलमा बार्सिलोना लेभान्टेसँग पराजित भएको तथा रियल बेटिससँग रियल मड्रिड बराबरीमा रोकिएको अवस्थामा रियल सोसिडाडको जितले उसलाई शीर्ष स्थानका टिमसँगको अवस्थामा लगेको हो ।

जितपछि उसको १२ खेलबाट २२ अंक भएको छ । एक खेल कम खेलेका बार्सिलोना र रियल मड्रिडको पनि २२ अंक नै छ । बार्सिलोना पहिलो र रियल मड्रिड दोस्रो स्थानमा छ । पराजित भएको ग्रानाडा २० अंकसहित छैटौँ स्थानमा पुगेको छ ।

आइतबार राति भएको खेलमा ओसासुनाले एलाभेसलाई ४–२, गेटाफेले सेल्टा डी भिगोलाई १–०, एइबरले लेगानेसलार्य २–१ तथा रियल भालाडोलिडले मालोर्कालाई ३–० ले पराजित गरेको छ । भिल्लारियल र एथ्लेटिको बिल्बाओले गोलरहित बराबरी खेलेका छन् ।

कात्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्