बसको ठक्करबाट डाक्टर बुवा र नर्स छोरीको मृत्यु

मोरङ – कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगामा सडक दुर्घटनामा बुवा–छोरीको मृत्यु भएको छ।

सोमबार बिहान बुढीगंगा गाउँपालिका–१ मा को १ ख ७२३२ नम्बर यात्रुबहाक बसले को २७ प १०२२ नम्बरको मोटरसाइकलमा सवार बुवा–छोरीलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

विज्ञापन

श्रेष्ठका अनुसार सडक दुर्घटनामा बुढीगंगा गाउँपालिका–५ का ५२ वर्षीय नेत्र रोग विशेषज्ञ डा. शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझीको मृत्यु भएको हो। अञ्जली विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिस्ट अस्पतालमा कार्यरत नर्स हुन् ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार दुर्घटनामा परेर घाइते भएका दुवैजनाको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो। सोही क्रममा प्रहरीले बसका चालक सिरहाको धनगढी १२ का ३४ वर्षीय सन्दीप खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

कार्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्