कालंगा हाईड्रो सुरुङभित्रै थुनिए चार मजदुर

फाइल फोटो

धनगढी-बझाङको बुङ्गल नगरपालिका-१ कालागाढमा निर्माणधिन कालंगा हाइड्रो पावरभित्र चार जना मजदुर थुनिएका छन्।

सुरुङ निर्माणका क्रममा आइतबार दिउँसो उनीहरु सुरुङभित्र पसेकोमा हालसम्म कुनै सम्पर्क समेत नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय बझाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक गणेशबहादुर बमले काम गर्न भनी सुरङभित्र प्रवेश गरेका चारैजना दुई दिन देखी सुरुङमै थुनिएका र अवस्था अज्ञात रहेको बताए।

उनका अनुसार सुरुङभित्र थुनीएकाहरुमा दैलेखको गुराँस गाउँपालिका-३ का ३२ वर्षीय महेन्द्र शाही, सोही स्थानका कर्ण शाही, अछामको तुर्माखाँद गाँउपालिका-६ का २८ वर्षीय महेन्द्र साँउद र बुंगल नगरपालिका-१ का ३५ बर्षे शेरसिंह धामी रहेका छन्।

उनीहरुको उद्धार तथा सुरक्षा परिचालनका लागि बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे सहितका सुरक्षा निकायका प्रमुखहरु घटना स्थल मै पुगेका प्रहरी नायव उपरीक्षक बमले जानकारी दिएका छन्।

आठ सय मिटर लामो सुरङमा अक्सिजनको अभाव हुँदा उद्दारमा कठिनाइ भएको उनले बताए।उद्दारका लागि नेपाली सेनासँगै सुरुङ विशेषज्ञको टोली सहित काठमाडौँबाट हेलिकोप्टर मगाइएको छ।

कार्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्