मेयरमा पराजित प्रसाईं प्रदेश प्रमुख सिफारिस

गत स्थानीय तहको निर्वाचनका बेला गाडीमाथि चढेर चुनाव प्रचार गर्दै मेयरमा पराजित विष्णु प्रसाईं। तस्बिर- उमाकान्त खनाल/देश सञ्‍चार

झापा-गत स्थानीय तहको निर्वाचनमा झापाको मेचीनगर नगरपालिकाको मेयरमा उठेर पराजित बनेका विष्णु प्रसाईंलाई सत्तारुढ दल नेकपाले प्रदेश प्रमुख सिफारिस गरेको छ।

तत्कालिन नेकपा एमालेको तर्फबाट उनी मेयरका उम्मेद्वार थिए। उनी नेपाली कांग्रेसका बिमल आचार्यसँग पराजित भएका थिए।

विज्ञापन

२०५४ सालमा नेकपा एमाले फुटेपछिको निर्वाचनमा उनी एमालेका तर्फबाट झापा क्षेत्र नं १ का लागि सांसदको उम्मेद्वार थिए।त्यो बेला पनि उनी पराजित भए।

त्यसअघि उनी जिल्ला विकास समिति झापाको उपाध्यक्ष थिए।

गत स्थानीय तहको निर्वाचनका बेला उनले राँगा गाडीमाथि चढेर चुनाव प्रचार गरेका थिए।

कार्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू