बलिउडमा डेब्यू गर्दैछिन् ऋतिक रोशनकी बहिनी? यस्तो छ चर्चा

बलिउड अभिनेता ऋतिक रोशनले आफ्नो डेब्यू चलचित्र ‘कहो ना प्यार है’ बाट यो साबित गरेका थिए कि उनी फिल्म इण्डस्ट्रीकै लागि बनेका हुन् । आफ्नो डेब्यू फिल्मबाट नै ऋतिकले दर्शकहरुको मनमा राज गरेका थिए । जुनसुकै उमेरका मानिसहरु पनि उनका प्रशंसक बनेका थिए ।

आज ऋतिक बलिउड इण्डस्ट्रीका सबैभन्दा सफल कलाकार मध्य एक बनेका छन् । अब ऋतिकको बाटोमा उनकी बहिनी पश्मिना रोशन पनि हिँड्ने क्रममा छिन्।

विज्ञापन

मिडिया रिपोर्ट्सलाई मान्ने हो भने ऋतिक रोशनका काका राजेश रोशनकी छोरी पश्मिना रोशन छिट्टै बलिउडमा डेब्यू गर्नेछिन् । समाचारहरुमा भनिएको छ कि फिल्ममा आउनु भन्दा पहिले पश्मिना आफ्नो डेब्यूको तयारी गरिरहेकी छन् ।

भारतको एक पत्रिकाका अनुसार आफ्नी बहिनी पश्मिनालाई ऋतिक रोशन आफैले गाइड गर्नुका साथै ट्रेनिङ समेत दिइरहेका छन् । उक्त समाचारमा भनिएको छ कि ऋतिक रोशन आफ्नी बहिनी पश्मिनालाई पर्सनली गाइड गर्न चाहन्छन् ।

ऋतिक रोशनको कुरा गर्ने हो भने पछिल्लो पटक उनको चलचित्र वार रिलिज भएको थियो । ऋतिकको उक्त फिल्ममा टाइगर श्राफ पनि मुख्य भूमिकामा थिए । ऋतिक र टाइगरको यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।

कार्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्