निकुञ्‍जको जंगलमा युवतीको शव भेटियो, श्रीमान् पक्राउ

पर्सा- पर्सा राष्ट्रिय निकुन्जको जंगलमा एक युवती मृत अवस्थामा भेटिएकी छिन्।

पर्साको जिराभवानी गाउपालिका वडा नम्बर. ३ परसवाका बस्ने बर्ष २५ को रामबाबु पासवानकी १९ वर्षीय श्रीमती निपु दवी मृत अवस्थामा फेला परेको पर्सा प्रहरीले जनाएको छ।

विज्ञापन

मृत अवस्थामा फेला परेकी युवती दिपुको माइत भारत बेतिया जिल्ला बरवा पन्चायत १० भंगवा थाना हो।

ठोरी गाउपालिका वडा नम्बर ५ ठुलो बागमोर्चाको उत्तर पर्सा राष्ट्रिय निकुन्जको जंगलमा उनको शव भेटिएको हो।

ईलाका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले शवको मुचुल्का उठाइ पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ।

मृतक दिपुका श्रीमान् रामबाबुलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवशयक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

कार्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू