नेकपाका प्रवक्ता नारायणकाजीको प्रश्‍न

‘प्रदेश प्रमुख सिफारिस पार्टीले किन गर्नुपर्‍यो?’

झापा-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेश प्रमुखहरु सिफारिस पार्टीले गर्ने विषय नभएको बताएका छन्।

सोमबार झापाको विर्तामोडमा पत्रकारहरुसंग कुरा गर्दै उनले प्रदेश प्रमुख मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने विषय भएको बताए।

विज्ञापन

उनले भने, ‘सरकारले राष्ट्रपतिलाई सिफारिस गरिसकेको जानकारी मलाई छैन। नेकपा सचिवालय बैठकले औपचारिक रुपमा के सिफारिस गर्यो होला र। प्रधानमन्त्रीले सामान्य सुझाव माग्‍नु भएको भए यसो अनौपचारिक रुपमा सुझाव दिएको होला। त्यसकारण सरकार यो विषय सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने कुरा हो। पार्टीले निर्णय गर्दैन।’

तर पहिला प्रदेश नियुक्त गर्दा काम चलाउ सरकारले नगर्न पार्टीहरुबीचमा छलफल भए पनि नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त छलफल विपरित प्रदेश प्रमुख नियुक्त गरेको श्रेष्ठले बताए।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य स्थितिका कारण सरकारको नेतृत्व परिवर्तन कुरा अहिलेसम्म पार्टीमा नउठेको बताए।

उनले भने, ‘प्रधानमन्त्रीज्यू स्वास्थ्य राम्रो नभएकै हो।तर अहिले सरकारको नेतृत्व परिवर्तनको कुरा उठेको छैन। उहाँकै नेतृत्वको सरकारलाई सफल बनाउने हो।’

कार्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू