डडेल्धुराबाट डा. केसीको १७औँ अनशन सुरु

डडेल्धुरा-चिकित्सा अभियान्ता डा. गोविन्द केसीले १७ औँ अनशन सुरु गरेका छन् ।

सुदूरपश्चिमको डडेल्धुरामा सोमबार साँझ पाँच बजेदेखि डा. केशीले १७ औँ अनशन सुरु गरेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

विज्ञापन

जिल्ला अस्पताल डडेल्धुराको छेउमा रहेको एक निजी भवनको तेस्रो तलामा डा. केसी अनशन बसेको सुवेदीले बताए ।

आफूसँग भएका विगतका सम्झौता पालना हुनुपर्ने लगायतका माग राखेर केसीले १७ औँ अनशन सुरु गरेका हुन् ।

कार्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू