कप्तानी छाडेका पारसले मात्र खेल हेरिरहे (फोटो फिचर)

तस्बिरहरु: सुलभ श्रेष्ठ

काठमाडौँ- सिनियर राष्ट्रिय क्रिकेट टोलीको कप्तानी छाडेका दिन, केही साताअघि पारस खड्काले भनेका थिए-  अब म केही समय ब्रेक लिने छु। त्यसपछि खेलमा फर्कन पनि सक्छु।

विज्ञापन

कीर्तिपुर क्रिकेट मैदानमा सोमबार नेपाली सिनियर राष्ट्रिय टोली र विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलिबोन-एमसिसीबीच भएको मैत्रीपूर्ण एकदिवशीय खेलमा पारस खेलेनन्। उनलाई १५ सदस्यीय राष्ट्रिय टोलीमा समावेश गरिएका कारण उनले खेल्न सक्ने अनुमान गरिएको थियो।

प्लेयर बक्समा देखिएका पारस पूरा समय खेल हेरेर बसे। पारसले कप्तानी छाडेपछि नयाँ कप्तान नियुक्त ज्ञानेन्द्र मल्लले नेपालको ‘लिड’ गरेका थिए।

नेपालले बलिङ र ब्याटिङ दुवैमा राम्रो प्रदर्शन गर्‍यो। पहिला ब्याटिङ गरेको एमसिसी मात्र २ सय १ रनमा सीमित भयो। दुई युवा खेलाडी पवन सर्राफ र ललितनारायण राजबंशीले चार चार विकेट लिए। नेपालले ३७.३ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।

विनोद भन्डारीले अविजित ५२ र पवन सर्राफले अविजित ३८ रन बनाए।

 

कार्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्