सनले पाएको रातो कार्ड विरुद्ध टोटनह्यामद्वारा अपील

टोटनह्यामले आफ्ना खेलाडी सुन हेङ्ग–मिनले पाएको रातो कार्डविरुद्ध अपील गरेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा एभर्टनका मिडफिल्डर आन्द्रे गोमेजसँगको ट्याकलका लागि सनले रातो कार्ड पाएका थिए ।
सनले पछाडिबाट गरेको ट्याकलका कारण गोमेज मैदानमा लडेका थिए । जसका कारण उनको दायाँ गोडाको गोलीगाँठोमा गम्भीर चोट लागेको छ । उनको सोमबार शल्यक्रिया पनि गरेको छ ।
तर सनले गरेको सो ट्याकल गोमेजलाई लडाउने नियतले नरहेको र रातो कार्ड उनका लागि अति भएको भन्दै टोटनह्यामले अपिल गरेको हो । गोमेज चोटग्रस्त भएको देखेर सन अति नै पीडामा गएका थिए र उनी रोएका थिए ।