अमेरिकाले संयुक्त राष्ट्रसंघलाई गरायो पेरिस सम्झौताबाट बाहिरिने औपचारिक जानकारी

जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट आफू बाहिरिने सम्बन्धी जानकारी अमेरिकाले संयुक्त राष्ट्रसंघलाई औपचारिक रुपमा गराएको छ ।

औपचारिक रुपमा जानकारी गराएसँगै अमेरिकालाई पेरिस सम्झौताबाट बाहिरिने प्रक्रिया सुरु हुने भएको छ संयुक्त राष्ट्रसंघमा । यो प्रक्रिया पूरा हुन एक वर्ष लाग्नेछ ।

विज्ञापन

सन् २०१५ मा भएको पेरिस सम्झौतामा विश्वका १८८ देशले जलवायु परिवर्तनको प्रभाव नियन्त्रणका लागि संयुक्त प्रयास गर्ने सहमति जनाएका थिए ।

बाहिरिने सम्बन्धी जानकारी संयुक्त राष्ट्रसंघलाई गराउने योजनाबारे बताउँदै गएको महिना अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सम्झौताले अमेरिकामाथि असमान आर्थिक भार थपेको आरोप लगाएका थिए ।

पेरिस सम्झौता अनुसार अमेरिकासहित विश्वका १८८ देश विश्वव्यापी तापमान वृद्धि २ डिग्री सेल्सियस कायम गर्ने र त्यसका लागि आवश्यक सबै पहल गर्नेमा सहमत भएका थिए ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको वर्ष नै सो सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गरेका थिए । त्यसको असर अति वास्तविक र भयानक रुपमा पर्ने प्रतिवेदन पनि सार्वजनिक भइसकेको छ ।

यस्तै सम्झौतामा हस्ताक्षर गरेका रुस तथा टर्कीले त्यस अनुसार काम गर्न अस्वीकार गरेका तथा सम्झौतलाई अनुमोदन गर्न मानिरहेका छैनन् ।

कार्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्