काठमाडौँ – नेपालका ट्राभल फोटोग्रफर तथा डकुमेन्ट्री फिल्म निर्देशक देवेन्द्रबहादुर शाहीले खिचेका तस्बिरहरुको प्रदर्शनी चीनको छेन्दुमा भएको छ ।

चीनको विशाल तथा ऐतिहासिक सहर छेन्दुमा भएको प्रदर्शनमा शाहीले झैण्ड १० वर्ष लगाएर खिचेका तस्बिरहरुका राखिएको थियो ।

नेपालका विभिन्न महत्वपूर्ण स्थान, नेपालको संस्कृति, जनजीवन झल्कने फोटोहरु प्रदर्शित गरिएको हो । चीन सरकार, सिचुवान इन्टरनेशनल कल्चरल एक्सेञ्ज सेन्टर तथा यन्वा जिन्साको आयोजानामा उत्त फोटो प्रदर्शनी भएको हो ।

फोटो प्रदर्शनी चिनियाँ तथा अन्य देशका नागरिकले अवलोकन गरे । सिचुवान प्रान्तका मन्त्री, मेयर, व्यापारी, प्रतिष्ठित व्यत्तिहरुले फोटोको अवलोकन गरे ।

अक्टोबर २५ देखि सुरु भएको फोटो प्रदर्शनी अक्टोबर २९ सम्म चलेको थियो । फोटोका साथै शाहीले बनाएका डकुमेन्ट्री फिल्म पनि प्रदशर्न गरिएको छ ।