दिल्ली वायु प्रदूषणः ‘जबसम्म अनुदान दिइँदैन, पराल जलाइरहनेछौँ’

भारतको सर्वोच्च अदालतले सोमबार पराल जलाएका कारण दिल्लीमा बढ्दै गरेको वायु प्रदूषणबारे चिन्ता जाहेर गर्दै केन्द्र र राज्य सरकारलाई नियन्त्रणका लागि आदेश दियो । जनसत्ता पत्रिकाका अनुसार भारतीय किसान यूनियनले यसबारे प्रतिक्रिया जनाएको छ ।

किसान यूनियनले भनेको छ कि जब सम्म किसानहरुको खातामा अनुदानको रकम आउँदैन तबसम्म यसरी नै पराल जलाइरहनेछौँ । यूनियन पञ्जाबका महासचिव हरिन्दर सिंह लाखोवालले भने, ‘अदालतको पराल जलाउने विषयमा आएको आदेशबाट हामी दुःखी छौँ ।’

उनले अगाडि भने, ‘ हामी सजिलो ढंगबाट अनुदानको माग गरिरहेका छौँ तर हामीलाई त्यो प्राप्त भइरहेको छैन । जबसम्म हाम्रो माग पूरा हुँदैन हामी पराल जलाइरहनेछौँ ।

भारतीय किसान यूनियन राष्ट्रीय स्वयंसेवक संघसँग आबद्ध संगठन हो ।

कात्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्