गाँजासहित गौरीगञ्जबाट दुईजना पक्राउ

फाइल तस्बिर

झापा – झापाको गौरीगञ्ज गाउँपालिकाबाट गाँजासहित दुईजना पक्राउ परेका छन्।

गौरीगञ्ज–३ का ५७ वर्षीय देव नारायण महतो र गौरीगञ्ज–४ का ५० वर्षीय बुदलाल राजवंशीले घरबाट नै गाँजाको बेचबिखन गर्ने गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई घरबाट नै पक्राउ गरेको हो ।

विज्ञापन

पक्राउ परेका महतोको घरबाट प्रहरीले ५ सय ग्राम गाँजा र नगद १ हजार ३ सय ५० बरामद गरेको छ भने राजवंशीको घरबाट २ किलो १२५ ग्राम गाँजा तथा नगद ६ सय बरामद गरेको छ ।

पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ।

कार्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्