हात्तीले तीन घर भत्कायो, बाली सखाप

फाइल तस्बिर

वीरगञ्ज – पर्सा राष्ट्रिय निकुञ्जबाट मानव वस्तीमा छिरेको हात्तीले पर्साको सखुवा प्रसौनीमा ३ जनाको घर भत्काउनुका साथै बालीनाली खाएर नष्ट गरेको छ ।

निकुञ्जबाट वस्तीमा छिरेको हात्तीले सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ सिरही टोलका ३ जनाको घर भत्काउनुका साथै धान चामल गहुँ मकै लगायतका बाली खाएर नष्ट गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

सोमबार मध्यरातमा निकुञ्जकाे जंगलबाट वस्तीमा छिरेको हात्तीले स्थानीय सुखी महतो उराँव, खजुरिया टोलका रामान्द साह कानु र भरत साह कानुको घर भत्काएको हो ।

कात्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्