कोरम नपुगेपछि संसदीय समितिको बैठक स्थगित

फाइल तस्बिर

काठमाडौँ – कोरम नपुगेपछि संघीय संसद अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको छ।

मंगलबार बिहान सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको हो । बैठक कक्षमा राजस्व सचिव शिशिरकुमार ढुंगाना र समितिका केही सदस्यहरु मात्रै उपस्थित थिए ।

विज्ञापन

बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूचि तय गरिएको थियो । तर समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक आगामी कात्तिक २८ गते बस्ने गरी स्थगित गरिएको छ ।

कात्तिक २८ गते बिहीबार बिहान ११ बजे बैठक बस्ने गरी बैठक स्थगित गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरु सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्रीसहितका केही सदस्यहरु मात्रै उपस्थित थिए ।

कार्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्