भारतको नयाँ नक्सामा विवादास्पद कालापानी क्षेत्र

भारतको नयाँ नक्सामा कालापानी क्षेत्र समेटिएको छ।

काठमाडौँ – भारतले हालै सार्वजनिक गरेको देशको राजनीतिक नक्सामा विवादास्पद कालापानी क्षेत्र आफ्नो सीमामा समेटेको देखिएको छ ।

भारतले जम्मू–कश्मीरलाई दिँदै आएको विशेष दर्जा खारेज गर्दै केन्द्र शासित दुई प्रान्तमा विभाजन गर्ने निर्णय औपचारिक रुपमा लागु भएको दिन गएको आइतबार जारी गरेको नक्सामा नेपालले दाबी रहँदै आएको लिपुलेकसहितको कालापानी क्षेत्र भारतले आफ्नो नक्सामा पारेको देखिएपछि नेपाल सरकारले चासो व्यक्त गरेको छ ।

विज्ञापन

भारतले गएको अगस्ट ५ मा संविधानको धारा ३७० र ३५ ए खारेज गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा खारेज गरेको थियो र लद्दाखलाई त्यहाँबाट विभाजन गर्ने निर्णय गरेको थियो ।

तर सो निर्णय गएको आइतबारदेखि लागु भएको हो । सोही दिन जारी भएको भारतको नयाँ नक्सामा विवादास्पद कालापानी क्षेत्र भारतले आफ्नो सीमामा समेटेको हो ।

कालापानीमा नेपाल र भारतको दाबी रहँदै आएको छ । सो क्षेत्रमा नेपाल–भारत–चीन जोड्ने मार्ग बनाउने विषयमा सहमति पनि भएको थियो।

 

कार्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू