सुरुङमा फसेका चारै जनाको शव निकालियो

फाइल फोटो

धनगढी-बझाङको बुंगल नगरपालिकाको कालंगा गाढमा निर्माणाधिन कालंगा हाईड्रोपावरको सुरूङभित्र फसेका चारै जनाको शव निकालिएको छ।

सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरिक्षक भवराज कटुवालको नेतृत्वमा आएको चारजना र दिपायलबाट खटिएको पाँचजनाको उद्दार टोलीले बझाङको कालंगा हाईड्रोपावरको सुरूङभित्र फसेका तिन जना मजदुरको शव निकालेको प्रहरीले जनाएको छ।

विज्ञापन

उक्त टोलीले तीनै जनाको शव करिब एक किलो मिटर सुरुङ भित्रबाट बाहिर निकालेको हो भने एकजनाको शव निकाल्ने प्रयास जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ। आईतबार दिउँसो सुरङ भित्र काम गर्न गएका चारैजना मजदुरको निसासिएर मृत्यु भएको थियो।

सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरिक्षक भवराज कटुवालको नेतृत्वमा आएको चारजना र दिपायलबाट खटिएको पाँचजनाको उद्दार टोलीले बझाङको कालंगा हाईड्रोपावरको सुरूङ भित्र फसेका तिन जना मजदुरको शव निकालेको छ।

उक्त टोलीले तिनै जनाको शव करिब एक किलो मिटर भित्रबाट बाहिर निकालेको हो भने एकजनाको शव निकाल्ने प्रयास जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।आइतबार दिउँसो सुरङभित्र काम गर्न गएका चारैजना मजदुरको निसासिएर मृत्यु भएको थियो।

मध्य दुई जनाको पहिचान भएको छ। मृत भेटिएका तीन जना मध्य दैलेखको गुरास गाउँपालिका–३ का ३२ बर्षे कर्ण शाही र अछाम तुर्माखाँद गाउँपालिका–६ का २८ बर्षे महेन्द्र साउँद रहेका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए।

यसैगरी सुरुङमा फसेका अन्य दुई जनामध्य एक जनाको लास भेटिएपनि बाहिर ल्याउन नसक्दा पहिचान खुल्न नसकेको र एक जना अझै पनि सम्पर्कमै नआएका प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।

सुरुङ भित्र ट्याक्टर र बोलेरो जीप फसेकाले उद्द्धारमा कठिनाई भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। सुरुङ भित्र रहेका ट्याक्टर र जीप निकालिएको उनले बताए।

अहिले मृत फेला एक जनालाई बाहिर ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए। बिशेषज्ञ टोली सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रमुख जिल्ला अधिकारी सहितको टोली सोमबार दिउँसो कालंगा खोलामा निर्माणधिन आइड्रोपावरमा पुगेको थियो।

अब सुरुङमा दैलेखको गुराँस गाउँपालिका– ३ का ३२ बर्षे महेन्द्र शाही, र बझाङको बुंगल नगरपालीका– १ का ३५ बर्षे शेर सिहँ धामी रहेका छन्। जसमध्य अझै एकजनाको फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रकरी नायव उपरिक्षक गणेशबहादुर बलमे बताए।

उद्धारमा सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट चार जना र दिपायल डोटी बाट ५ जनाको विषेश टोलीले सुरुङमा रहेका उनले बताए।२४ सय मिटर लामो सुरुङमा मृत भेटिएका हरु ९ सय मिटरको दुरीमा भेटिएका जनाइएको छ।

सुरुङ भित्र अक्सिनजको मात्रा निकै न्युन रहेको र हाईकेमिकल ग्यासको मात्रा बढी भएका कारण सुरुङभित्र लामो समय बस्न नसकेर मृत्यू भएको हुन सकने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। अहिले शव बाहीर ल्याउनका लागि फेरी टोली सुरुङ भित्र पस्ने तयारी गरीरहेको छ।

विपद व्यवस्थापक र उद्धार तालिम प्राप्त प्रहरी निरीक्षक सहित गरि नौ जनाको टोली उद्धारका लागि सोमबार दिउसो साढे २ बजे घटनास्थलमा पुगेको थियो। आइतबार दिउँसो सुरूङ भित्र काम गर्न छ जनाको टोली पसे पनि दुई जना भने श्वासप्रश्वासमा समस्या भएको भन्दै सुरुङको विचबाटै फर्केका थिए।

कार्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्