सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ–साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाला सुनको मूल्य तोलामा ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

विज्ञापन

सुनसँगै चाँदीको मूल्यमा समेत गिरावट आएको छ। चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

कार्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्