सिरहाबाट लागुऔषधसहित एकजना पक्राउ

जनकपुरधाम-सिरहामा लागुऔषध सहित एकजना पक्राउ परेको छ।

पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वा नं. ४ का १९ वर्षीय विजय कुमार यादव रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक अपिलराज बोहराले जानकारी दिएका छन्।

विज्ञापन

यादवलाई ईलाका प्रहरी कार्यालय बरीयारपट्टी सिरहाबाट खटेको गस्ती टोलीले चेकजाँचको क्रममा दुई थान डाइलेक्स डिसी, नाईट्रोभेट ३६ पिस, नाईट्रोजन १०० पिस र स्पासो २४ पिस सहित पक्राउ गरेको प्रहरी नायव उपरिक्षक बोहरले जनाए।

पक्राउ परेको यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्र्या थप अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ।

कार्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू