अभिनेत्री मलाइका अरोराले खोलिन् त्यतिबेलाको रंगभेदको रहस्‍य

अभिनेत्री मलाइका अरोरा आफ्नो तस्बिरको कारणले इन्ड्रस्ट्रिमा चर्चामा रहने गर्छिन्। उनको बोल्ड र आकर्षक अवतार धेरैजसो चर्चामा रहने गर्छ। तर एक समय यस्तो थियो जब उनलाई छालाको रंग कालो भएको भन्दै भेदभाव गरिएको थियो।

नेहा धूपियाको च्याट शोमा मलाइकाले भनिन्, ‘काली भएको कारण मलाई चलचित्र क्षेत्रमा शुरुवाती दिनमा भेदभावको शिकार हुन परेको थियो। जब म यो क्षेत्रमा आए तब कालो, गोरो भन्ने भावना यत्रतत्र थियो। मलाई सधैँ कालो रंग भएको मानिसको समूहमा राखिन्थ्यो।’

विज्ञापन

हिजोआज मलाइका अभिनेता अर्जून कपूरसँगको सम्बन्धका कारण चर्चामा छिन्। उनले अर्जूनसँग विवाह हुने बारेमा पनि बताइन्। उनले यो विवाह ‘ड्रिम वेडिङ’ हुने तर ‘ह्वाइट वेडिङ हुने पनि बताइन्।

अर्जून कपूरले मलाइकालाई भन्‍ने गरेका छन्, ‘तिमी मेरो फोटो राम्रो खिच्दिदैनौँ, तर म तिम्रो फोटो राम्ररी खिचिदिन्छु।’

नेहा धूपियासँगको कुराकानीमा उनले ट्रोल्सको बारेमा पनि कुराकानी गरिन्, उनले भनिन्, ‘म ट्रोलहरुको बारेमा वास्ता गर्दिन। मलाई मात्र यस्तो तरिकाले सोच्ने मानिसको बारेमा सोचेर चाँहि नराम्रो लाग्छ।’

कार्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्