७६ वर्षीय वृद्ध गाँजासहित पक्राउ

सांकेतिक तस्बिर

वीरगञ्ज– प्रहरीले बाराबाट गाँजासहित ७६ वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ।

प्रहरीले सर्लाहीको बसबरिया गाउँपालिका वडा नम्बर ३ बस्ने ७६ वर्षीय राजेन्द्र रायलाई पक्राउ गरेको हो।

विज्ञापन

निजगढ नगरपालिका वडा नम्बर ११ बाट पक्राउ परेका रायको साथबाट प्रहरीले डेढ किलो लागुऔषध गाँजा बरामद गरेको छ।

पक्राउ परेका रायलाई लागुऔषध मुद्दामा जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

कार्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्