बलिउड अभिनेता गोविन्दा काठमाडौँ आइपुगे

काठमाडौँ– चलचित्र निर्माता संघको आयोजनामा वीरगञ्जमा हुन लागेकाे चलचित्र महोत्सवमा सहभागी हुन बलिउड अभिनेता गोविन्दा मंगलबार काठमाडौँ आइपुगेका छन्।

गोविन्दासँगै उनीकी श्रीमती सुनिता आहुजा र नायिक निरुता सिंह पनि काठमाडौँ आएका छन्। चार दिनसम्म चल्ने महोत्सवमा गोविन्दाले आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ।

विज्ञापन

चलचित्र निर्माता संघको निमन्त्रणामा गोविन्दा काठमाडौँ आएका हुन्। महोत्सव  बिहीबारबाट सुरु हुँदैछ।

कार्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्