अनलाइन सपिङमा ‘सेल डे’ लिएर आउँदै ‘दराज’

काठमाडौं-अनलाइन मार्फत शपिङ गराउँदै आएको शपिङ साइट दराजले कात्तिक २५ गतेदेखि ‘११x११’ सेल डे को आयोजना गर्ने भएको छ।

मंगलबार राजधानीमा पत्रकार सम्‍मेलन गरेर दराजले नोभेम्वर ११ को मध्यरातबाट दराजले (वर्ल्ड विगेस्ट अनलाइन सेल डे) सुरु गर्न लागिएको जानकारी दिएको हो।

विज्ञापन

पत्रकार सम्मेलनमा दराजले २४ घण्टाको अवधिमा अधिक मात्रामा वस्तुहरु बिक्री गर्ने दाबी गरेको छ। यसका साथै उसले एक दिनको अवधीमा मात्रै साढे ३ लाख ग्राहकहरुले सेलमा सहभागिता जनाउने समेत दाबी गरेको छ।

दराजमा अनलाइन मार्फत सपिङ्ग गर्ने प्रयोजनका लागि ग्राहकहरुले सानिमा, नबिल, नेपाल इन्भेष्टमेण्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकको कार्ड प्रयोग गर्दा सहुलियत पाउने कम्पनीले जनाएको छ।

यसका साथै दराजले आफ्नो एप मार्फत सामान किन्ने ग्राहकहरुको लागि ११x११ को अवसरमा छुट दिने बताएको छ।

पत्रकार सम्मेलनमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पहिले अनलाइन सपिङभन्दा मानिसहरुमा नकरात्मक सोच थियो र अहिले पनि रहेको बताए।

उनले भने, ‘पहिले अनलाइन सपिङभन्दा डराउथे मानिसहरु। तर अहिले दराज अनलाइनले गरेको काम र वस्तुका गुणस्तरका कारण ग्राहकहरुको विश्वास जित्‍न सफल भएको छ।’

कार्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्