धन्यवाद दिँदै प्रदेश प्रमुखबाट बिदा भए झा

उमाकान्त झा

बुटवल– प्रदेश ५ का निवर्तमान प्रदेश प्रमुख उमाकान्त झाले तीनै तहका सरकारसहित आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै जिम्मेवारीबाट बिदा भएका छन्।

पदमुक्त भएको तेस्रो दिन झाले धन्यवाद ज्ञापन गर्दैै बिदा भएको जानकारी गराएका हुन्।

विज्ञापन

‘मेरो कार्यकालमा यस प्रदेश तथा समग्र देशकै हित अभिवृद्धि गर्ने सहकार्यमा मलाई सहयोग र समन्वय गर्नुहुने संघीय सरकार एवं प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरू एवं राजनीतिक दलका नेतृत्व वर्ग, नागरिक समाज, बुद्धिजीवी, राष्ट्रसेवक कर्मचारीहरू, पत्रकार मित्रहरू लगायत सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु’, उनले भनेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम १७ असोजमा सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी थिइन्।

झालाई पदमुक्त गरेसँगै सरकारको सिफारिशमा राष्ट्रपतिबाट प्रदेश ५ मा प्रदेश प्रमुखका रुपमा धर्मराज यादव नियुक्त भएका छन्।

 

कार्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू