मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्दा पक्राउ परेका शिक्षक रिहा

जनकपुरधाम- प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ताला लगाउन जाँदा पक्राउ परेका शिक्षहरु रिहा भएको छ।

करिब ५ घण्टा जिल्ला प्रहरी कार्यालय धनुषामा राखेको ४३ वटै शिक्षकलाई सम्झाई बुझाई पक्राउ परेको करिब ५ घण्टा पश्चात रिहा गरेको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए।

विज्ञापन

उनका अनुसार आगामी दिनमा यस्तो कार्य नगर्ने प्रतिबद्धता शिक्षकहरुले जनाएपछि करिब साढे चारबजेको समयमा सबै शिक्षहरुलाई रिहा गरिएको छ।

मंगलवार करिब ११ बजेको समयमा प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीपरीषद्को कार्यालयमा अस्थाई शिक्षकहरु ताल्चा लगाउन गएको समय प्रहरीले सबैलाई पक्राउ गरिएको थियो।

यसभन्दा पहिले सोमवार अस्थाई शिक्षकहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडी एक घण्टा सडक अवरुद्ध गरेको थियो।

मुख्यमन्त्री लाल बाबु राउतले अस्थायी शिक्षकको मागप्रति प्रतिबद्धता जनाएर बेवास्ता गरेको भन्दै अस्थाई शिक्षकहरुको समुहले तालाबन्दी गर्न पुगेका थिए।

कार्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्