ओपो र एरिक्सनले ल्‍यायो संयुक्त ल्याब

चीन-विश्‍व चर्चित स्मार्टफोन ओपो र विश्‍वमा अब्बल मानिएको सेवा प्रदायक प्रविधि कम्पनी एरिक्सनले संयुक्त रुपमा फाइभजी ल्याबोरेटोरी सञ्चालनमा ल्याएको छ।

विश्‍वमा भएका प्रविधिहरुसँग सहकार्य झल्काउने, एक अर्कासंग अत्याधुनिक फाइभजी प्रविधि आदान प्रदान गर्ने तथा फाइभजी उत्पादन तथा नेटवर्क परफरमेन्स सुदृढ बनाउने उद्देश्‍यका साथ ओप्पोले एरिक्सनसँग सहकार्य गरेको हो।

विज्ञापन

ओपोका भीपी तथा सफ्टवेयर ईञ्जिनियरिङका अध्यक्ष एण्डि वुले भनेका छन्, “हामी यस क्षेत्रमा विद्यमान तथा फाइभजी यूगमा आउन सक्ने चुनौति तथा अवसर आत्मसात गर्दै विश्वभरका उपभोक्ता सम्म अझ सुदृढ फाइभजी उत्पादन तथा अनुभव पस्कने पहल गर्नेछौँ।”

“एरिक्सनसँग फाइभजी ज्वाइन्ट ल्याब सञ्चालनमा ल्याउन पाउँदा हामी निकै उत्साहित छौँ। यो पहलले एरिक्सनको फाइभजी नेटवर्क तथा पूर्वाधार प्रविधि र यसको वैश्विक सञ्चालक सञ्जाललाई ओपोको अनुभव र फाइभजी मानक विकास, प्रविधि र प्रयोग अवस्था लगायत माथिको विशेषज्ञताले अझ अघि लान सक्नेमा हामी आशावादी छौँ।”

“रणनीतिक दृष्टिकोणले यो साझेदारी ओपो र एरिक्सन दुबैका लागि निकै महत्वपूर्ण छ । दूबै कम्पनीको क्षमतामा थप तिब्रता ल्याइ नयाँ प्रयोग सम्भावना तथा उपभोक्ताका लागि उपयोगिता थप्दै बजारमा यसले फाइभजी ईकोसिस्टमको विविधता माथि उल्लेख्य योगदान पुर्‍याउन सघाउ मिल्नेछ”, एरिक्सनका उपाध्यक्ष तथा हेड अफ नेटवकर््स् फर नर्थ ईस्ट एसिया, लुका ओर्सिनीले भने।

ओपो र एरिक्सन फाइभजी प्रविधिको विकासका लागि निकै तत्परताका साथ सहकार्य गरिरहेका छन् । फाइभजी यूगमा गहिरो सहकार्यका लागि बलियो जग बसाउने सोचका साथ दूबै कम्पनीले ग्लोबल प्याटेन्ट लाइसेन्समा हस्ताक्षर पनि गरिसकेका छन्।

कार्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू