तीन दिनदेखि बेपत्ता महिला मृत फेला

साङ्केतिक तस्बिर

दमौली– तीन दिनदेखि बेपत्ता महिला मंगलबार मृत फेला परेकी छन्।

तनहुँको व्यास नगरपालिका–५ अलैँचेकी ४५ वर्षीया गीता सुनार मृत भेटिएकी हुन्।

विज्ञापन

शनिबारदेखि हराइरहेकी सुनार घर नजिकैको खोल्सामा मृत भेटिएकी व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए।

उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो। सुनारको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको छ।

कार्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्