काठमाडौँसहितका क्षेत्रको वायु प्रदूषित, कारण के होला?

काठमाडौँ – भारतको दिल्लीसहितका क्षेत्रमा वायु प्रदूषण केही कम हुने क्रममा छ । नेपालका विभिन्न क्षेत्रमा पनि त्यहाँको वायुमा रहेको प्रदूषण केही मात्रामा आएको छ ।

तर काठमाडौँ उपत्यकासहित देशका सबै स्थानमा हालका दिनमा देखिएको वायु प्रदूषणको प्रमुख कारण दिल्लीतिरबाट आएको धुलोका कण नभई स्थानीय प्रदूषण रहेको मौसमविदले बताएका छन् ।

विज्ञापन

भारतीय क्षेत्रबाट विशेष गरी पश्चिम तराई र त्यसमाथिका पहाडी क्षेत्रमा धुलोका कण आएको मौसमविद तथा वातावरणविदले बताएका छन् । तर काठमाडौँ उत्पयका तथा देशका अरु शहरमा देखिएको वायु प्रदूषणको मुख्य कारक भारतबाट आएको धुलो भने नरहेको उनीहरुको भनाई छ ।

स्थानीय स्तरमा उत्पादन भएका फोहोर तथा धुलोकै कारण प्रदूषण भएको मौसमविद वरुण पौडेलले बताए । जाडो याममा धुलो उडाएर लैजाने गरी वायु नचल्ने र आद्रता बढी हुने भएकाले वायुमण्डलमै धुलो तुवाँलो जस्तो बनेर बस्ने भएकाले वायु प्रदूषित भएको हो ।

कार्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्