जाकाबाट खोसियो आर्सनलको कप्तानी

मिडफिल्डर ग्रानिट जाकाबाट आर्सलनको कप्तानी खोसिएको छ । अब आर्सनलको कप्तानको जिम्मेवारी पिएर–एमरिकले पाएका छन् ।

जाकासँग आफ्नो भेट भएको र कप्तानबाट उनलाई हटाएको जानकारी गराएको प्रशिक्षक युनाइ एमरीले बताएका छन् ।

२७ वर्षका जाका गएको अक्टोबर २७ मा क्रिष्टल प्यालेससँगको २–२ को बराबरीको क्रममा आफ्नै टिमका समर्थकसँग झगडा गरेका थिए ।

त्यसपछि उनीबाट कप्तानी खोसिनु पर्ने माग हुँदै आएको थियो । जाकाले आफ्नो निर्णय स्वीकार गरेको प्रशिक्षक एमरीले बताएका छन् ।

कात्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्