दार्चुलामा जिप दुर्घटना हुँदा १२ जना घाइते

फाइल तस्बिर

धनगढी – दार्चुलाको शैल्यशिखर नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिप शैल्यशिखर नगरपालिका वडा नम्बर ६ चौतलीचौरमा बुधबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीका अनुसार लेकम गाउँपालिकाको रिठाचौपाता स्थित लटिनाथ मन्दिरमा लागेको जात्रा हेरेर घर फर्किने यात्रु बोकेर शैल्यशिखर नगरपालिकाको पनेबाजबाट गोकुलेश्वर तर्फ जाँदै गरेको से १ ज ११३१ नम्बर को जिप दुर्घटनामा परेको हो ।

विज्ञापन

दुर्घटनामा मालिकार्जुन गाउँपालिका वडा नम्बर २ की २० वर्षे कलसी धामी, वडा नम्बर ३ बसेडीकी ३० वर्षे कमला देवी धामी, मालिकार्जुन गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय हरिश सिंह धामी, १९ वर्षीय नरेश सिंह धामी, १८ वर्षीय रमेश सिंह धामी, २६ वर्षीया तुलसी धामी, २० वर्षीय खेम सिंह धामी, १८ वर्षीय पुष्कर सिंह धामी, ३० वर्षीय दानसिंह धामी र २० वर्षीय लोकेश सिंह धामी घाइते भएका छन् ।

यस्तै मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय मिना धामी र ४६ वर्षीय पदमसिंह धामी पनि घाइते भएका छन् । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

कार्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्