अर्घाखाँचीमा कार दुर्घटना, तीनजनाको मृत्यु

बुटवल – अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। सन्धिखर्कको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा कार दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

रुपन्देहीबाट सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको कार दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। दुर्घटनामा दुईजना पुरुष एकजना महिलाको मृत्यु भएको हो र उनीहरुको पहिचान हुन सकेको छैन ।

विज्ञापन

घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले बताए ।

कार्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्